सचिवमा गोकर्ण विष्टको सबैभन्दा बढी मत

Byपहिलो सुचना

२०७८ मंसिर १४, मंगलवार १७:०१ २०७८ मंसिर १४, मंगलवार १७:०१ २०७८ मंसिर १४, मंगलवार १७:०१

मङ्सिर १४, काठमाडौं । सौराहमा भर्खर सकिएको मत गणनाअनुसार नेकपा एमालेको सात सचिव निर्वाचित भएका छन् । सचिवमा गोकर्ण विष्ट, योगेश भट्टराई, छविलाल विश्वकर्मा, पद्‍मा अर्याल, लेखराज भट्ट, टोपबहादुर रायमाझी र रघुवीर महासेठ निर्वाचित भएका हुन् ।

पदाधिकारीमध्ये सचिव पदमा गोकर्ण विष्टले सबैभन्दा बढी मत पाएका छन्। विष्टले १९७६ मत पाएका छन् भने योगेशले १९६४, छविलाल र पद्‍माले समान १८०० मत पाएका छन् ।

लेखराजले १७०४, टोपबहादुरले १७०० र रघुवीरले १५१३ मत पाएका छन् । सचिवमा निर्वाचित भएका सबै अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव गरेका उम्मेदवार हुन् ।

केपी ओलीको सर्वसम्मत सूचीविरूद्ध सचिवमा उम्मेद्वारी दिएका भीम आचार्य र टंकप्रसाद कार्की पराजित भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook