केपी शर्मा ओली एमाले अध्यक्षमा निर्वाचित

Byपहिलो सुचना

२०७८ मंसिर १४, मंगलवार १६:०१ २०७८ मंसिर १४, मंगलवार १६:०१ २०७८ मंसिर १४, मंगलवार १६:०१

मङ्सिर १४, काठमाडौं । नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन् ।

चितवनमा आयोजित १० औं राष्ट्रिय महाधिवेशनबाट ओली पुनः चार वर्षे कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन् ।

ओलीले १८०८  मत पाएर अध्यक्ष चुनिएका छन् भने अर्का प्रत्यासी भीम रावलले २२३ मत पाएका छन् । नयाँ केन्द्रीय कमिटीको शपथ ग्रहण र पहिलो बैठक आजै सौराहामा हुँदैछ ।

नेकपा एमाले अध्यक्ष प्रणालीमा गएपछि लगातार दोस्रो पटक अध्यक्ष चुनिने ओली पहिलो नेता हुन्। 

यसअघि ओली नवौं महाधिवेशनमा प्रत्यासी माधवकुमार नेपाललाई हराएर अध्यक्ष निर्वाचित भएका थिए। पहिलो कार्यकाल पार्टी अध्यक्ष हुँदा ओली दुई पटक प्रधानमन्त्री भएका थिए। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook