कार्तिक २७, बेइजिङ । चिनियाँ राष्ट्रपति सि जिनपिङ र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच भिडियो कन्फ्रेन्सिङका माध्यमबाट वार्ता हुने भएको छ । उनिहरुबीच बेइजिङको स्थानीय समयानुसार आगामी नोभेम्बर १६ को बिहान सो वार्ता हुने भएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुवा चुनियाङले सो कुराको जानकारी दिएका हुन् । उनका अनुसार दुई देशका राष्ट्रतिबीच बिहान भिडियो वार्ता हुनेछ ।
उनिहरुले चीन अमेरिका सम्बन्धका साथै अरु साझा चासोका विषयमा पनि कुराकानी गरेको प्रवक्ता हुवा चुनियाङले जानकारी दिएका छन् । (रासस/सिन्ह्वा)
