माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बस्दै

Byपहिलो सुचना

२०७८ कार्तिक २६, शुक्रबार १०:४२ २०७८ कार्तिक २६, शुक्रबार १०:४२ २०७८ कार्तिक २६, शुक्रबार १०:४२

कार्तिक २६, काठमाडौं । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक बस्दैछ । विधान संशोधनलगायत समसामयिक विषयमा छलफल गर्न आज बैठक बस्न लागेको हो ।

बैठक भर्चुअल माध्यमबाट साँझ ६ बजे बस्ने कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिए । पार्टी कामका सिलसिलामा केन्द्रीय सदस्यहरू उपत्यका बाहिर रहेका कारण भर्चुअलरूपमा बैठक बस्न लागेको उनले बताए ।

सदस्यता विस्तार, नवीकरणलगायत साङ्गठनिक सुदृढीकरणमा माओवादी केन्द्रित भएको छ । राष्ट्रिय सम्मेलनको तयारीस्वरुप सो पार्टीले वडा, पालिका र प्रदेश सम्मेलनको तयारी तीव्र पारेको छ । आगामी पुस ११ देखि १३ सम्म माओवादीको राष्ट्रिय सम्मेलन काठमाडौँमा हुँदैछ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook