इन्धनको मूल्यवृद्धिको विरोधमा प्रधानमन्त्रीको पुत्ला दहन

Byपहिलो सुचना

२०७८ कार्तिक २५, बिहीबार १७:४० २०७८ कार्तिक २५, बिहीबार १७:४० २०७८ कार्तिक २५, बिहीबार १७:४०

कार्तिक २५, काठमाडौं । पेट्रोलियम पदार्थको मुल्यवृद्धिको विरोधमा नेकपा(एमाले)निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले विरोध गरेका छन् ।

काठमाडौंको प्रदर्शनीमार्गस्थित रत्नराज्य लक्ष्मी क्याम्पस(आरआर) बाहिर विद्यार्थीहरुले प्रदर्शन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला दहन गरेका छन् ।

नेपाल आयल निगमले बुधबार राति खाना पकाउने ग्यासमा ७५ रुपैयाँ र डिजेल तथा पेट्रोलमा ३/३ रुपैयाँ मूल्य वृद्धि गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook