कार्तिक २५, काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरूद्ध विद्यार्थीले बुटवलमा चक्काजाम गरेका छन्।
नेपाल आयल निगमले बुधबार रातिदेखि इन्धनमा गरेको मूल्यवृद्धिको विरोध गर्दै नेकपा एमाले निकट अनेरास्ववियु रूपन्देहीले बिहीबार बिहानै बुटवलमा प्रदर्शन र चक्काजाम गरेका छन् ।
अनेरास्ववियू रुपन्देहीका सचिव प्रकाश पराजुलीले इन्धनको मूल्य बढाएर सरकारले जनताको ढाड सेक्ने काम गरेकोले सरकारलाई मूल्यवृद्धि फिर्ताको लागि दबाब दिन बिहान ९ बजेदेखि राजमार्ग बन्द गरेको बताए ।
मुल्यबृद्धी फिर्ता नलिए थप आन्दोलनका कार्यक्रम गर्ने उनले बताए ।
