फेरि बढ्याे पेट्रोल, डिजल र ग्यासको मूल्य

Byपहिलो सुचना

२०७८ कार्तिक २४, बुधबार २०:४२ २०७८ कार्तिक २४, बुधबार २०:४२ २०७८ कार्तिक २४, बुधबार २०:४२

कार्तिक २४, काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजल, ग्यास र हवाई इन्धनमा फेरि मूल्यवृद्धि गरेको छ।

नेपाल आयल निगमले पेट्रोल, डिजेल र मटितेलका प्रतिलिटर ३ रुपैयाँले वृद्धि गरेको छ । खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर ७५ रुपैयाँले बढाएर १५ सय ७५ रुपैयाँ भएको छ ।

त्यस्तै, पेट्रोल लिटरको १३६ रुपैयाँ पुगेको छ भने डिजेल मटितेलको प्रतिलिटर मूल्य ११९ रुपैयाँ भएको छ ।

आन्तरितर्फको हवाई इन्धन प्रतिलिटर ५ रुपैयाँ बढाएर १०१ रुपैयाँ पुर्‍याइएको  निगमका सह-प्रवक्ता पुस्कर कार्कीले जानकारी दिए ।

आयल निगम घाटामा रहेको भन्दै निगमले बुधबार रातिदेखि लागू हुने गरी पेट्रोल, डिजल, खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य बढाएको हो। यो सङ्गै निगमले एक महिनाभित्र दोस्रोपटक पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook