दोलखा काँग्रेस सभापति लामा काठमाडौँको जुवाखालबाट पक्राउ

Byपहिलो सुचना

२०७८ कार्तिक १९, शुक्रबार १९:२३ २०७८ कार्तिक १९, शुक्रबार १९:२३ २०७८ कार्तिक १९, शुक्रबार १९:२३

कात्तिक १९, काठमाडौं । नेपाली काँग्रेस दोलखा जिल्लाका सभापति बर्मा लामा काठमाडौँको जुवाखालबाट पक्राउ परेका छन् । बौद्धको नयाँ बस्तीबाट प्रहरीले लामासहित १८ जनालाई पक्राउ गरेको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौँका एसपी रमेश बस्नेतका अनुसार उनीहरुको साथबाट ६ लाख नगद बरामद गरिएको छ । लामा करिब २ महिना अघि मात्रै नेपाली कांग्रेस दोलखाको सभापतिमा चयन भएको थियो ।

सागर लामाको फ्ल्याटमा जुवा खेलाइरहेको सूचनाको आधारमा प्रहरीले छापा मारेको थियो । सागर लामाले पेसेवररुपमा नै जुवा खेलाउँदै आएको प्रहरी अनुसन्धानबाट खुलेको छ । उनी हाल फरार रहेको प्रहरीको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook