कार्तिक १७, काठमाडौं । बुटवल उपमहानगरपालिका-१५ स्थित महालक्ष्मी मैच फ्याक्ट्रीमा मंगलबार राति ८ बजेदेखि १२ बजेसम्म आगलागी भएको छ ।
उद्योगका सञ्चालक राजेन्द्र ढकालले आगलागीमा चार करोड बढी क्षति भएको दाबी गरेका छन् ।
इलाका प्रहरी कार्यालय बुटवलका अनुसार रुपन्देहीसहित छिमेकी जिल्लाका स्थानीय तहबाट आएका ८ वटा दमकलले चार घण्टामा आगलागी नियन्त्रणमा लिएको छ ।
आगलागीबाट उद्योगको भवन, कच्चा पदार्थ र तयारी उतपादन सबै जलेर पूर्णरुपमा नष्ट भएको प्रहरीले जनाएको छ । उद्योगको विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने अनुमान गरिएको र घटनाबारे थप अनुसन्धान हुने प्रहरीले बताएका छन् ।
