मन्त्री झाँक्री अस्पतालमा भर्ना

Byपहिलो सुचना

२०७८ कार्तिक ११, बिहीबार १३:१७ २०७८ कार्तिक ११, बिहीबार १३:१७ २०७८ कार्तिक ११, बिहीबार १३:१७
Ram Kumari Jhakri

कार्तिक ११, काठमाडौं । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीलाई अस्पताल भर्ना गरिएको छ ।

निमोनिया र ज्वरो आएपछि बुधबार साँझ वीर अस्पतालमा भर्ना गरिएको उनको सहयोगी फुर्वा तामाङले जानकारी दिए ।

“सामान्य ज्वरो आएपछि मन्त्री झाँक्री सोमबारदेखि नै मन्त्रालय जानुभएको थिएन”, तामाङले भने, “हिजो स्वास्थ्य परीक्षण गराउँदा उहाँमा निमोनिया देखियो ।”

निमोनिया देखिएपछि उनको अस्पतालमा उपचार भइरहेको छ । अहिले उनको स्वस्थ्यमा सुधार आएको तामाङले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook