अमेरिकाद्वारा चाइना टेलिकमको लाइसेन्स रद्द

Byपहिलो सुचना

२०७८ कार्तिक १०, बुधबार १९:५४ २०७८ कार्तिक १०, बुधबार १९:५४ २०७८ कार्तिक १०, बुधबार १९:५४

कात्तिक १०, वाशिङटन डीसी (अमेरिका) । अमेरिकाले चीनको सबैभन्दा ठूलो दूरसञ्चार सेवा प्रदायक कम्पनी चाइना टेलिकमलाई दिइएको लाइसेन्स खारेज गरेको छ । 

राष्ट्रिय सुरक्षासम्बन्धी चिन्ताहरुतर्फ औंल्याउँदै फेडरल कम्युनिकेशन कमिशन (एफसीसी) ले कम्पनीलाई ६० दिनभित्र अमेरिकामा सेवा उपलब्ध गराउन बन्द गर्नु पर्ने बताएको छ । 

कम्पनीमा चीन सरकारको नियन्त्रणले सरकारलाई अमेरिकी सञ्चारमा पहुँच, भण्डारण, अवरोध तथा गलत मार्ग दिने अवसर दिएको अमेरिकी अधिकारीहरुले बताएका छन् । यसको माध्यमबाट चीनले अमेरिकीहरुको जाजुसी र अन्य घातक गतिविधिमा संलग्न हुने अवसर पाउन सक्ने उनीहरुको भनाइ छ । 

पछिल्लो निर्णयलाई कम्पनीले निराशाजनक बताएको छ । चीनको दूरसञ्चार बजारमा प्रभुत्व जमाएका तीन ओटा कम्पनीमध्ये एक हो, चाइना टेलिकम । अमेरिकामा चाइना टेलिकमले २० वर्षदेखि सेवा दिंदै आइरहेको छ । 

यसले विश्वका ११० ओटा देशमा ब्रोडब्यान्ड इन्टरनेटदेखि ल्यान्डलाइन टेलिफोन नेटवर्कसम्मका विविध सेवा दिंदै आएको छ । अमेरिकी अर्थमन्त्री जेनेट येलेनले चिनियाँ उपप्रधानमन्त्री लिउ हसँग विश्वअर्थतन्त्रको अवस्थाबारे कुराकानी गरेको केही घन्टापछि सो निर्णय आएको छ । सो भेटघाटलाई दुई देश बीचको सम्बन्धमा सुधार आएको संकेतको रुपमा हेरिएको थियो । (एजेन्सी)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook