अल्मुताइरी र एन्फाबिच तीन वर्षको सम्झौता

Byपहिलो सुचना

२०७८ कार्तिक १०, बुधबार १५:४२ २०७८ कार्तिक १०, बुधबार १५:४२ २०७८ कार्तिक १०, बुधबार १५:४२

कार्तिक १०, काठमाडौं । नेपाली फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले अखिल नेपाल फुटबल संघ (एन्फा) सङ्ग तीन वर्षको सम्झौता गरेका छन्।

एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पा र कतार फुटबल एशोसिएसनसँग भएको छलफलपछि अल्मुताइरी सम्झौताका लागि तयार भएका हुन् । अलमुताइरीले आफ्नो सामाजिक सञ्जालबाट आफूले सम्झौता नवीकरण गरेको बताएका हुन्।

अलमुताइरीले सामाजिक सञ्जालमा भनेका छन्, “नयाँ मिसनमा सफलताको कामना गर्दछु । हामी हाम्रो लक्ष्य र आउँदाे दुई वर्षको योजना छिट्टै प्रकाशित गर्नेछौँ, मेरो वाचा नेपाली फुटबलको भविष्य राम्रो हुनेछ तर हामीलाई समयमात्र चाहिन्छ।”

भारतविरुद्ध फाइनल खेल्नुअघि अल्मुताइरीले यो खेल नेपाली टिमसँग अन्तिम खेल रहेको र नेपाल नफर्कने बताएका थिए । यद्यपी साफले प्रतिबन्ध लगाएका कारण उनले नेपाली टिमलाई फाइनल भने खेलाउन पाएनन्। 

अल्मुताइरी गत चैतमा कतार पुटबल संघको सहयोगमा एक वर्षका लागि नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक नियुक्त भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook