कुरकुरे गोदाममा छापा, रिलेबलिङ गरेको १४ लाख रुपैयाँ बराबरको सामग्री जफत

Byपहिलो सुचना

२०७८ कार्तिक ९, मंगलवार १५:४६ २०७८ कार्तिक ९, मंगलवार १५:४६ २०७८ कार्तिक ९, मंगलवार १५:४६

कात्तिक ९, काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले गोल्डेन नेपाल सप्लायर्स टोखा–५ लाई कारबाही गरेको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी अनुप केसीको नेतृत्वको टोलीले सोमबार साँझ टोखा क्षेत्रमा गरेको बजार अनुगनका क्रममा मिति गुज्रिएको खाद्य वस्तु(लेज, कुरकुरे) लाई रिलेबलिङ गरेर पुनः बजार पठाउन तयारी अवस्थामा राखिएको फेला पारेको थियो ।     
     
जिप्रका सूचना अधिकारी उमाकान्त अधिकारीले रिलेबलिङ गरेर बजार पठाउन लागिएको झण्डै १४ लाख रुपैयाँ बराबरको सामग्रीलाई जफत गरि सिल गरिएको जानकारी दिए।     
     
बजार अनुगमनका क्रममा उक्त कार्यमा संलग्न व्यवसायीलाई उपभोक्ता हित संरक्षण ऐन, २०७५ को दफा १६ को २ बमोजिम तत्काल ३ लाख रुपैयाँ जरिवानाका लागि कारबाही प्रक्रिया अघि बढाइएको उनले बताए ।

पुरानो वस्तुलाई नयाँ हो भनी देखाई वा झुक्याइ विक्री गरेको पाइएकोले सोही ऐनको दफा ३९ को ख को प्रावधान बमोजिम कारबाही हुने व्यवस्थाअनुसार कारबाही प्रक्रिया अगाडि बढाइएको उनको भनाइ छ ।  (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook