रोहिंग्या क्याम्पमा फायरिङ, सात जनाको मृत्यु

Byपहिलो सुचना

२०७८ कार्तिक ६, शनिबार ०१:०८ २०७८ कार्तिक ६, शनिबार ०१:०८ २०७८ कार्तिक ६, शनिबार ०१:०८

कातिक ६ काठमाडौं । बंगलादेशको रोहिंग्या शरणार्थी शिविरमा शुक्रबार अन्धाधुन्ध गोली चल्दा सात जनाको मृत्यु भएको छ । रोहिंग्या क्याम्पस्थित मदरसामा यस्तो हमला भएको सञ्चारमाध्यमहरुले जनाएका छन् ।

चार जनाको घटनास्थलमै तथा तीन जनाको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको समाचारमा उल्लेख छ । शुक्रबार बिहान ४ बजे हमला भएको हो ।

जानकारी पाउनासाथ घटनास्थल पुगेको प्रहरीले एक हमलाकारीलाई पक्राउ परेको छ । उनको साथबाट ठूलो मात्रामा बन्दुक र विस्फोटक पदार्थ बरामद भएको प्रहरीले जनाएको छ । प्रहरीले अहिले अन्य हमलाकारीहरुको पनि खोजी गरिहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook