डडेल्धुरामा बस दुर्घटना, १६ जना घाइते

Byपहिलो सुचना

२०७८ आश्विन २६, मंगलवार १०:५८ २०७८ आश्विन २६, मंगलवार १०:५८ २०७८ आश्विन २६, मंगलवार १०:५८

असोज २६, डडेलधुरा । धनगढीबाट बाजुरा जाँदै गरेको ना ७ ख १७४ बस केआई सिंह राजमार्गअन्तर्गत अमरगढी नगरपालिका–१० राईबजार राईबजार नजिकै दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । घाइते हुनेमा ६ महिला, दुई बालबालिका र आठ पुरुष छन् ।

बस ब्रेक फेल भएर आज बिहान दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक महेन्द्र नेपालले जानकारी दिए । बसमा ५०/६० यात्रु रहेका र सामान्य घाइतेको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको उनले बताए । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook