अमेरिकामा थपियो १ लाख ९४ हजार रोजगारी

Byपहिलो सुचना

२०७८ आश्विन २४, आईतवार ११:१९ २०७८ आश्विन २४, आईतवार ११:१९ २०७८ आश्विन २४, आईतवार ११:१९

असोज २४, वाशिङटन डीसी (अमेरिका) । गत महीना अमेरिकी अर्थतन्त्रले १ लाख ९४ हजार रोजगारी सृजना गरेको छ । 

कोरोना भाइरसको संक्रामक प्रकार डेल्टा भ्यारिएन्टको प्रभाव जारी रहँदा अर्थतन्त्रमा प्रभाव  देखिएको हो । अमेरिकाको श्रम तथ्यांक विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार आतिथ्य, खुद्रा र यातायात क्षेत्रमा रोजगारीमा उल्लेख्य वृद्धि भएको छ । शिक्षामा भने घटेको छ । 

योसँगै अगष्टमा ५ दशमलव २ प्रतिशत रहेको बेरोजगारी दर सेप्टेम्बरमा ४ दशमलव ८ प्रतिशतमाझरेको छ । यद्यपि, अझै पनि ७७ लाख मानिसहरु काम विहिन छन् । 

महामारीपूर्वको स्तरभन्दा बेरोजगारी दर अझै पनि उच्च रहेको छ । सेप्टेम्बरको बेलामा पनि यस वर्षको मासिक औसत ५ लाख रोजगारी सृजना हुने अपेक्षा अर्थशास्त्रीहरुले गरेका थिए । (एजेन्सी)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook