असोज १४ काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले दुई वटा विधेयक प्रमाणीकरण गर्नुभएको छ । राष्ट्रपति भण्डारीले संविधानको धारा ११३ को उपधारा (२) बमोजिम आर्थिक विधेयक २०७८ र राष्ट्र ऋण उठाउने विधेयक २०७८ प्रमाणीकरण गर्नुभएको हो ।
राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तीमा भनिएको छ, ‘राष्ट्रपति विद्यादेवी भण्डारीज्यूले संघीय संसदको दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेश हुन आएका देहाय बमोजिमका विधेयकहरू नेपालको संविधानको धारा ११३ को उपधारा ९२० बमोजिम प्रमाणीकरण गर्नुभएको छ ।’
