चीनको नयाँ खोप ६७ % प्रभावकारी

Byपहिलो सुचना

२०७८ आश्विन ९, शनिबार १२:१६ २०७८ आश्विन ९, शनिबार १२:१६ २०७८ आश्विन ९, शनिबार १२:१६

असोज ९, पेचिङ । कोरोना भाइरस विरुद्ध चीनले उत्पादन गरेको नयाँ खोप ६७ प्रतिशत प्रभावकारी भएको पुष्टि गरिएको छ ।     
     
 चीनको क्लोभर बायोफर्मास्युटिकलले उत्पादन गरेको खोप प्रभावकारी रहेको परीक्षणबाट पुष्टि भएको हो । कोरोनाकै डेल्टा भेरियन्टका विरुद्धमा भने ७९ प्रतिशत प्रभावकारी देखिएको पनि अधिकारीहरुले बताएका छन् ।     
     
 सो खोप उत्पादक कम्पनीले आफ्नो अध्ययन प्रतिवेदन विश्व स्वास्थ्य संगठनलाई बुझाउने तयारी गरेको छ । प्रतिवेदनसँगै कम्पनीले खोप प्रयोगका लागि अनुमति दिन पनि माग गर्ने भएको छ ।     
     
 खोप उत्पादक कम्पनी क्लोभरको आधिकारीक वेभसाइटमा ३० हजारभन्दा बढी बयस्कमा खोपको परीक्षण गरिएको उल्लेख छ । परीक्षणमा फिलिपिन्स, ब्राजिल, कोलम्बिया, दक्षिण अफ्रिका र बेल्जीयम गरी पाँच ओटा देशका ३१ ओटा क्षेत्रका नागरिक सहभागी भएको बताइएको छ । (रासस/सिन्ह्वा)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook