थप ८३४ जनामा कोरोना संक्रमण

Byपहिलो सुचना

२०७८ आश्विन १०, आईतवार १६:२२ २०७८ आश्विन १०, आईतवार १६:२२ २०७८ आश्विन १०, आईतवार १६:२२ #covid news

असोज १०, काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ८३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ९१ हजार ३९२ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ५ सय ८९ पीसीआर परीक्षण गर्दा ७३० जना र ५ हजार १४७ एन्टिजेन परीक्षण गर्दा १ सय ४ गरी ८३४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ९ जनाको मृत्यु भएको छ भने १ हजार २७९ जना निको भएका छन् । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ९६ पुगेको छ भने ७ लाख ६१ हजार १५४ जना संक्रमणमुक्त भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook