असोज १०, काठमाडौं । काठमाडौंको कपनस्थित ढलमा खसेर बेपत्ता रहेका १० वर्षीय उज्ज्वल विकको शव फेला परेको छ।
ललितपुरको बागमती गाउँपालिका-१, घुसेलमा शनिबार राति शव भेटिएको ललितपुर प्रहरी प्रमुख किरण बज्राचार्यले बताइन् ।
‘फोटो हेरेर परिवारले सखानत गरिसक्नु भएको छ, प्रहरीले शव ल्याउँदैछ’ उनले भनिन्। टिकाभैरवसम्म बोकेर ल्याउनु पर्ने बताउदै बज्राचार्यले त्यहाँबाट पोष्टमार्टमका लागि पाटन हस्पिटलमा लगिने बताइन् ।
ढलमा खसेर बेपत्ता भएको ५ दिनपछि उनको शव फेला परेको हो।
