असोज ६, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ४७८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार उक्त अवधिमा ११ हजार ७६ जनामा पीसीआर परीक्षण गर्दा १ हजार २५१ जना र २ हजार ८६३ ओटा एन्टिजेन परीक्षण गर्दा २२७ गरी १ हजार ४७८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार सो अवधिमा कोरोना संक्रमणबाट छ जनाको मृत्यु भएको छ । योसँगै नेपालका कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ५९ पुगेको छ । मन्त्रालयका अनुसार सो अवधिमा १ हजार ६३० जना कोरोना संक्रमण मुक्त भएका छन् ।
