परराष्ट्रमन्त्री डा.नारायण खड्का आजै न्युयोर्क जाँदै

Byपहिलो सुचना

२०७८ आश्विन ६, बुधबार १७:०५ २०७८ आश्विन ६, बुधबार १७:०५ २०७८ आश्विन ६, बुधबार १७:०५

असोज ६, काठमाडौं । नेपाली कांग्रेसका सांसद डा. नारायण खड्का परराष्ट्र मन्त्रीमा नियुक्त भए लगत्तै संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज साँझ न्यूयोर्क जाँदैछन्।

मन्त्री खड्काको नेतृत्वमा प्रतिनिधिमण्डल नेपाली संयुक्त राष्ट्रसंघको ७६औं महासभामा भाग लिन न्यूयोर्क प्रस्थान गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ। उनले महासभालाई नेपालको तर्फबाट २५ सेप्टेम्बरमा सम्बोधन गर्ने मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार परराष्ट्रमन्त्री डा. खड्काको टोलीमा परराष्ट्र सचिव भरतराज पौडेल, उच्च सरकारी अधिकारीहरु र राष्ट्रसंघका लागि नेपालको स्थायी प्रतिनिधि अमित बहादुर राई लगायत रहने मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook