काँग्रेस पदाधिकारी बैठक बस्दै

Byपहिलो सुचना

२०७८ आश्विन ६, बुधबार १०:१४ २०७८ आश्विन ६, बुधबार १०:१४ २०७८ आश्विन ६, बुधबार १०:१४

असोज ६, काठमाडौं । प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसले पार्टीको १४औँ महाधिवेशन र समसामयिक विषयमा छलफल गर्न केन्द्रीय पदाधिकारी बैठक बोलाएको छ ।

प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निजी निवासमा दिउँसो ३ः०० बजे बस्ने बैठकमा समसायिक राजनीतिक विषयमा छलफल हुने उहाँका प्रमुख स्वकीय सचिव भानु देउवाले जानकारी दिनुभयो ।

मङ्गलबार सत्ता गठबन्धन दलका शीर्षनेताको बैठकमा काँग्रेस नेता डा. नारायण खड्कालाई तत्काल परराष्ट्रमन्त्रीमा नियुक्त गर्ने सहमति भएको थियो । पदाधिकारी बैठकमा सोबारे पनि छलफल हुने बताइएको छ । यसैगरी काँग्रेसको महाधिवेशनअन्तर्गत वडा अधिवेशन हुन बाँकी जिल्लाको अधिवेशनको नयाँ मितिका बारेमा पनि आवश्यक निर्णय हुने बताइएको छ ।

प्रदेश नं २ का आठ जिल्ला तथा सुर्खेत, डोल्पा, रसुवा, रुपन्देही र कैलाली गरी १३ जिल्लाको पार्टीको क्रियाशील सदस्यता विवरण अझै सार्वजनिक हुन नसकेका कारण ती जिल्लामा यसअघिको वडा अधिवेशन कार्यतालिका प्रभावित भएको छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook