अमेरिकामा मृतकको सम्झनामा गाडियो ६ लाख ५० हजार सेतो झण्डा

ByGyan Kaji Tamang

२०७८ आश्विन २, शनिबार १३:२१ २०७८ आश्विन २, शनिबार १३:२१ २०७८ आश्विन २, शनिबार १३:२१

असोज २, क्यालिफोर्निया । अमेरिकामा कोभिड- १९ संक्रमणबाट मृत्यु भएकाको सम्झनामा ६ लाखभन्दा बढी सेतो झण्डा गाडिएको छ । शुक्रबार वासिङटन नजिकै नेसनल मलको अगाडि ६ लाख ५० हजार सेतो झण्डा गाडिएको हो ।

‘इन अमेरिकाः रिमेम्बर’झण्डा गाड्ने कार्यक्रम डिसी कलाकार सुजेन ब्रेनान फस्र्टेनवर्गले आयोजना गरेका हुन् । कोभिडका कारण मृत्यु हुनेको सम्झनामा शुक्रबार प्रदर्शन गरिएको सो सेतो झण्डा अक्टोबर ३ सम्म देखाइने बताइएको छ । सेतो झण्डा २० वर्ग स्क्वायर क्षेत्रफलमा गाडिएको छ । सो झन्डा वासिङटन मोनुमेन्ट र नेसनल म्युजियम अफ अफ्रिकन अमेरिकन हिस्ट्री एण्ड कल्चरमा समेत प्रदर्शन गरिने बताइएको छ ।

फस्र्टेनवर्गले गत वर्ष अक्टोबरमा वासिङटनस्थित २ लाख ४० हजार झण्डा गाडेर प्रदर्शन गरेका थिए । जोन्स हप्किन्स युनिभर्सिटीका अनुसार विश्व महामारी सुरु भएसँगै अमेरिकामा हालसम्म मृत्यु हुनेको संख्या ६ लाख ७० हजार पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook