भाद्र २७, काठमाडौं । सभामुख अग्नि सापकोटाले आज साढे २ बजे बोलाएको सर्वदलीय बैठक प्रमुख प्रतिपक्षी दल एमालेले बहिष्कार गर्ने भएको छ।
एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले सभामुखले बोलाएको बैठकमा आफूहरू सहभागी नहुने बताए। उनले एमालेसँग सम्बन्धित छलफलमा अरुलाई बोलाउन नहुने कुरामा जोड दिएका छन् । असम्बन्धित दलका नेतालाई बोलाएको बैठकमा उनिहरु नजाने बताए ।
उनले भने, ‘अब सभामुखसँग दुईवटामात्रै विकल्प छन्, कि त हामीले कारबाही सिफारिस गरेका सांसदहरूको लिष्ट टाँस्नुपर्यो नभए मार्गप्रशस्त गर्नुपर्यो।’
सभामुख सापकोटाले भने १४ सांसदबारे कानूनअनुसार निर्णय गरेको र संसद चलाउनुपर्नेमा जोड दिएका छन् ।
