भाद्र २६, काठमाडौं । नेकपा एमाले स्थायी कमिटीको बैठक आज (शनिवार) बस्ने भएको छ ।
एमाले केन्द्रिय कार्यालयका सचिव शेरबहादुर तामाङले बैठक ललितपुरको च्यासलस्थित तुल्सीलाल प्रतिष्ठानको भवनमा बिहान ९ बजे बस्ने जानकरी दिए ।
“बैठकमा विधान महाधिवेशन र चालु संसद अधिवेशनमा पार्टीले खेल्ने भूमिकाबारे छलफल हुनेछ,” उनले भने ।
यसअघि एमाले स्थायी कमिटी बैठक हिजो (शुक्रबार) साँझ ४ बजे बस्ने भनिए पनि संसद बैठक लम्बिएपछि स्थगित भएको थियो।
