तराईमा बाक्लो हुस्सु र कुहिरो केही दिन कायम रहने

Byपहिलो सुचना

२०८२ मंसिर १६, मंगलवार २३:३२ २०८२ मंसिर १६, मंगलवार २३:३२ २०८२ मंसिर १६, मंगलवार २३:३२

पुस ८, काठमाडौँ । तराईमा लागेको बाक्लो हुस्सु र कुहिरो अझै केही दिन लम्बिने भएको छ ।

जल तथा मौसम विज्ञान विभागले बाक्लो हुस्सु र कुहिरो अझै तीन दिन कायम रहने भएकाले आवश्यक सावधानी अपनाउन सबैमा अनुरोध गरेको छ । विभागले जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पार्नसक्ने उल्लेख गरेको छ ।

विभागका मौसमविद् हरिप्रसाद दाहालले मंगलबार पनि देशको तराईका धेरै ठाउँमा हुस्सु÷कुहिरो लागेको जानकारी दिए । उनले भने, ‘आगामी तीन दिनमा उल्लेख्य सुधार हुने सम्भावना नरहेकाले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातलगायत क्षेत्रमा प्रभाव पर्ने देखिएकाले आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध छ ।’

उनका अनुसार मंगलबार बिहान काठमाडौँको तापक्रम यो वर्षकै सबैभन्दा कम रेकर्ड भई ४ दशमलव ९ डिग्रीमा झरेको थियो । मौसमविद् दाहालले मुख्यगरी पानी पर्ने प्रणाली नभएको पश्चिमी वायु सक्रिय हुन नसकेकाले हुस्सु कुहिरो थप बढेको हो ।

मौसमविद्हरुले यस्तो अवस्थामा न्यानो भएर बस्न तथा तातो खानेकुरा खान सुझाव दिएका छन् ।

विभागले आज साँझ जारी गरेको बुलेटिनमा कोशीका तराई भू–भागमा भोलि मध्याह्नसम्म बाँकी भू–भागमा दिनभर नै हुस्सु र कुहिरो लाग्ने जानकारी गराइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook