सतुंगलमा मोटरसाइकल जुध्दा एक जनाको मृत्यु

Byपहिलो सुचना

२०८२ पुष १, मंगलवार १२:३१ २०८२ पुष १, मंगलवार १२:३१ २०८२ पुष १, मंगलवार १२:३१
accident full image

पुस १, काठमाडौँ । चन्द्रागिरि नगरपालिका–१२ सतुंगलमा गएराति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

प्रदेश ३–०२–००६ प ९५३२ नम्बरको मोटरसाइकल र बाप्र ०२–०६१ प ३८३५ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाँदा ९५३२ का चालक सोही ठाउँका २५ वर्षीय आयुष महर्जनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको एपीएफ अस्पताल बलम्बुमा उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका अर्को मोटरसाइकलका चालकको सोही अस्पतालमा उपचार भइरहको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook