उधौली पर्वमा रमाउँदै किरात समुदाय(तस्विरहरु)

Byपहिलो सुचना

२०८२ मंसिर १८, बिहीबार १४:०७ २०८२ मंसिर १८, बिहीबार १४:०७ २०८२ मंसिर १८, बिहीबार १४:०७

मंसिर १८, ललितपुर, उषा बलामी । उधौली पर्व किराँत समुदायले मंसिर महिनामा मनाउने महत्वपूर्ण चाड हो। ‘उधौँ’ शब्दको अर्थ तल झर्ने भएकाले यो पर्वले चिसो मौसम सुरु हुँदा मानिस, पशु–पक्षी तथा प्रकृति तल्लो भूभागतिर सर्ने प्राकृतिक चक्रलाई सम्झाउँछ।

यस दिन किराँत समुदायले धर्ती पूजा गर्दै प्रकृतिप्रति कृतज्ञता व्यक्त गर्छन्। साथै, धान कटानी सकिएको र हिउँद सुरु भएको संकेत पनि यो पर्वले दिन्छ। उधौलीमा गरिने साकेला (चण्डी) नाच सामुदायिक एकता, खुशी र सांस्कृतिक पहिचानको मुख्य आकर्षण हो।

केवल धर्म वा सांस्कृतिसँग मात्र नभइ उभौली पर्व प्रकृति–संरक्षण, सामाजिक एकता र सांस्कृतिक पहिचानको जीवित प्रतीक पनि मानिन्छ।

तस्विरहरु:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook