नेपाल आदिवासी जनजाति महासघं क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ

Byपहिलो सुचना

२०८२ कार्तिक १०, सोमबार १०:३४ २०८२ कार्तिक १०, सोमबार १०:३४ २०८२ कार्तिक १०, सोमबार १०:३४

कात्तिक १०, क्यालिफोर्निया । नेपाल आदिवासी जनजाति महासंघ क्यालिफोर्निया अमेरिकाको अध्यक्षमा कुमार दोङ सर्वसहमत चयन भएको छ । आइतबार तामाङ को अपरेसन सोसाईटि अफ क्यालिफोर्नियाको भवन एल सोभरान्तेमा सम्पन्न भएको चौथो अधिवेशनबाट अध्यक्षमा कुमार दोङ, महासचिवमा ज्ञानकाजी तामाङ, उपअध्यक्षमा ताराहाङ नेम्वाङ त्यसैगरि सदस्यहरुमा नरेन तामाङ र हरिष चन्द्र लिम्बु निर्विरोध चयन भएको छ । १३ सदस्यीय कार्यसमितिमा वाँकी पदआधिकारीहरु आवद्ध संघसस्थाहरुको प्रतिनिधित्व गरि चयन गरिनेछ ।
आदिवासी जनजातिहरूको हक, अधिकार, पहिचान, भाषा,संस्कृति र सामाजिक न्यायको प्रवर्द्धनका निम्ति सन २०११ म स्थापना भएको महासघंमा हाल तामाङ को अपरेसन सोसाईटी अफ क्यालिफोर्निया ,नर्थदेन क्यालिफोर्निया तमु समाज, मगर सोसाईटी अफ नर्थदेन क्यालिफोर्निया, क्यालिफोर्निया शेर्पा एसोसियसन, नेवा अर्गनाईजेसन अफ अमेरिका नर्थदेन क्यालिफोर्निया, किराँत याक्थुम चुम्लुङ क्यालिफोर्निया र युनाईटेड किराँत राई अर्गनाईजेसन अफ क्यालिफोर्निया सहित ७ वटा सस्था आवद्ध छन ।
“अमेरिकामा बसोबास गर्ने नेपाली आदिवासी जनजातिहरूको एकता, पहिचान संरक्षण, तथा सामाजिक समावेशीकरणका मुद्धामा एक ढिक्का भई महासघंलाई नयाँ उचाई र प्रदान गर्ने” अध्यक्ष दोङले बताए । कार्यक्रममा आदिवासी जनजाति अभियन्त तथा संविधानसभा सदस्य, सुरेन्द्र फोम्बो, अभियानकर्मी रोषण सुव्वा, किलन राई, डिकेन्द्र मास्के, देव राई, आङछिरिङ शेर्पा, डिकेन्द्र मास्के, सुरज पाख्रिन, डेन्डी शेर्पा, रेशम बल, शेर लामा, विष्णुघले,टेन्डी शेर्पा, अतित सुब्बाललगायतले आदिवासी जनजातिको हक अधिकार बारे आफ्नो राय राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook