कार्तिक २, उषा बलामी, काठमाडौँ । काठमाडौँ महानगरपालिकाले यस पटक भारतलगायत देशबाट आयातित फूलमाला बिक्री बितरणमा प्रतिबन्ध गरेसगैँ नेपालमै उत्पादित फूलमालाले उचित मूल्य पाएको छ ।
हरेक वर्ष तिहारको समयमा विदेशबाट फूलमाला आयात हने गर्दा नेपालमै उत्पादित फूलमालाले खासै राम्रो बजार पाएको थिएन जसले गर्दा नेपाली फूलमाला कुहिएर फाल्नुपर्ने अवस्था हुन्थ्यो ।
गत वर्ष एक हजार आठ सय देखि एक हजार नौ सयमा बिक्री भएको सयपत्री फूलको माला यस वर्ष भने होलसेलमै रु दुई हजार ५०० देखि तीन हजार ५०० मा बिक्री भइरहेको व्यापारीहरुले बताएका छन् । त्यस्तै खुल्ला फुल खरिद गर्दा होलसेलमा नै के.जी को रु ६०० देखि रु ६५० परेको जानकारी दिए ।
यद्धपी उपभोक्ता भने फूलमालाको मूल्य गत वर्षको भन्दा दोब्बर भएकोले मारमा परका छन् । ललितपूर बस्ने प्रमिला राईले एउटा सयपत्री फूलको माला लगनखेलमा रु एक हजार २०० मा खरिद गरेको बताइन् । सयपत्री फूलको पाँचवटा मालाको एक झुप्पालाई रु छ हजार देखि छ हजार ५०० सम्ममा बिक्री भईरहेको जानकारी दिइन् ।
काठमाडौँको कालिमाटी बजारमा काभ्रे, पनौती, पाँचखाल, मनकामना लगायत स्थानबाट फूलमाला बिक्रीको लागी ल्याइएको हो ।
तस्वीरहरु:








