भारतको राजस्थानमा बसमा आगलागी हुँदा २० जनाको मृत्यु

Byपहिलो सुचना

२०८२ आश्विन २९, बुधबार १५:१२ २०८२ आश्विन २९, बुधबार १५:१२ २०८२ आश्विन २९, बुधबार १५:१२
CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 90

असोज २९, नयाँ दिल्ली । भारतको पश्चिमी राज्य राजस्थानमा एक निजी बसमा आगलागी हुँदा मङ्गलबार कम्तीमा २० जनाको ज्यान गएको सरकारी अधिकारीले बताएका छन् । उक्त चलिरहेको बस राजस्थानको जैसलमेर जिल्लास्थित थायत गाउँ नजिकै सडकमा अचानक आगो लागेको थियो ।

यो स्थान राजस्थानको राजधानी जयपुरबाट करिब ५४८ किलोमिटर पश्चिममा पर्दछ । अधिकारीहरुका अनुसार ५७ यात्रु सवार रहेको बस राजमार्गमा यात्रा गरिरहेको बेला पछाडिको भागबाट धुवाँ निस्कन थालेपछि चालकले बस रोकेका थिए । तर केही समयमै बस पूरै आगोमा परिणत भयो र धेरै यात्रु बसमै फसे ।

केही घाइतेको अवस्था गम्भीर रहेको जनाइएको छ । यद्यपि आगलागीको कारण अझै पत्ता लाग्न बाँकी रहेको बताइएको छ, प्रहरीका अनुसार बसको भित्र विद्युतीय तार सर्टका कारण आगो लागेको हुन सक्ने अनुमान गरिएको छ । (रासस/सिन्ह्वा)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook