शानदार बलिङ प्रदर्शनमा नेपालले कुवेतलाई हरायो

Byपहिलो सुचना

२०८२ आश्विन २३, बिहीबार ००:११ २०८२ आश्विन २३, बिहीबार ००:११ २०८२ आश्विन २३, बिहीबार ००:११
DALLAS, TEXAS - JUNE 04: Rohit Paudel of Nepal in action during the ICC Men's T20 Cricket World Cup West Indies & USA 2024 match between Netherlands and Nepal at Grand Prairie Cricket Stadium on June 04, 2024 in Dallas, Texas. (Photo by Matt Roberts-ICC/ICC via Getty Images)

असोज २२, काठमाडौं । ओमानमा सुरु भएको आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटमा नेपालले विजयी सुरुवात गरेको छ ।

बुधबार राति सम्पन्न आफ्नो पहिलो खेलमा नेपालले कुवेतलाई ५८ रनले हराएको हो । नेपालले दिएको १४२ रनको लक्ष्य पछ्याएको कुवेत १८.१ ओभरमा ८३ रनमा अलआउट भयो ।

कुवेतका लागि क्लिन्टो अन्टोले सर्वाधिक २६ रन बनाए भने यासिन पटेलले १९ रन बनाए ।

नेपालका लागि ललित राजवंशीले ४ ओभरमा १७ रन दिएर २ विकेट लिए । सन्दीप लामिछानेले ४ ओभरमा २२ रन दिएर २ विकेट लिए । कप्तान रोहित पौडेलले २ ओभरमा ७ रन दिएर २ विकेट लिए । कुशल भुर्तेल, सोमपाल कामी र नन्दन यादवले १-१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ओपनिङ ब्याटर कुशल भुर्तेलको अर्धशतक मद्दतमा २० ओभरमा ७ विकेट गुमाएर १४१ रन बनाएर कुवेतलाई १४२ रनको लक्ष्य दिएको थियो ।

भुर्तेलले ५६ बलमा ३ चौका र ३ छक्कासहित ६६ रन बनाए । दीपेन्द्रसिंह ऐरी २० रनमा रनआउट भए । गुल्शन झाले ६ बलमा २० रनको क्यामिओ पारी खेले । उनले १९औं ओभरको अन्तिम ३ बलमा लगातार ३ छक्का प्रहार गरेका थिए ।

कुवेतका लागि अनुदीप चेन्थामाराले ४ ओभरमा २२ रन दिएर २ विकेट लिए । नवीन राजले ४ ओभरमा ४० रन दिएर २ विकेट लिए । मोहम्मद असलम र अकिफ फारुकले १-१ विकेट लिए ।

यो जितसँगै नेपाल सुपर सिक्समा पुग्ने पक्का भएको छ । अब नेपालले समूह चरणको अर्को खेलमा शुक्रबार जापानसँग खेल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook