जेनजी आन्दोलनको जगमा सबै दल र जनताको चाहनामा यो सरकार बनेको हो: सरकार प्रवक्ता

Byपहिलो सुचना

२०८२ आश्विन २२, बुधबार १४:०२ २०८२ आश्विन २२, बुधबार १४:०२ २०८२ आश्विन २२, बुधबार १४:०२
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल बुधबार राष्ट्रिय समाचार समिति (रासस) केन्द्रीय कार्यालय निरीक्षण तथा अवलोकन पश्चात् आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै । तस्बिरः प्रदीपराज वन्त/रासस

असोज २२, काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले ‘जेनजी’ आन्दोलनको जगबाट निर्मित वर्तमान सरकारको मुख्य कार्यादेश सबै राजनीतिक दल र जनताको सहभागितामा तोकिएको समयावधिमा प्रतिनिधिसभाको निर्वाचन गराउनु रहेको बताएका छन्।

राससको भद्रकालीस्थित केन्द्रीय कार्यालयको बुधबार अवलोकनपछि आयोजित कार्यक्रममा मन्त्री खरेलले आगामी फागुन २१ गते हुने निर्वाचनको वातावरण बनाउन सबैसँग आग्रह गरेका थिए।

निर्वाचन गर्ने सन्दर्भमा सरकारका तर्फबाट प्रधानमन्त्री सुशीला कार्कीबाट प्रतिबद्धता आइसकेको स्पष्ट पार्दै निर्वाचनको वातावरण निर्माण गर्न महत्त्वपूर्ण भूमिका हुने सञ्चार जगतबाट सहयोग प्राप्त हुने उनको विश्वास छ।

‘यो जेनजी आन्दोलनको जग, सबै राजनीतिक दल र जनताको चाहनामा बनेको सरकार हो। निर्वाचनमा जाने सबै दल र जनताको चाहना छ। यसै क्रममा निर्वाचन आयोगबाट कार्यतालिका प्रकाशन भइसकेको छ। निर्वाचनको वातावरण बनाउन राससले पनि भूमिका खेल्नेछ भन्ने मैले विश्वास लिएको छु’, खरेलले भने, ‘यो सरकारसँग निर्वाचनका साथै सुशासन कायम, भ्रष्टाचारको अन्त्य र जेनजी आन्दोलनका क्रममा भएको जनधनको क्षतिमाथिको छानबिन र कारबाही एवं प्राकृतिक विपद्पछिको राहत र पुनःस्थापना पनि ‘म्याण्डेट’ रहेको छ। त्यो पूरा गर्न सरकार प्रतिबद्ध छ।’

उनले आसन्न निर्वाचनको वातावरण तयार गर्न प्रत्यक्ष र अप्रत्यक्ष रुपमा राजनीतिक दलहरूसँग संवाद भइरहेको उल्लेख गरेका थिए। (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook