देशभर असोज १९ र २० गते सार्वजनिक बिदा

Byपहिलो सुचना

२०८२ आश्विन १८, शनिबार १६:४५ २०८२ आश्विन १८, शनिबार १६:४५ २०८२ आश्विन १८, शनिबार १६:४५
Holiday

असोज १८, काठमाडौँ ।  जल तथा मौसम विज्ञान विभाग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट प्राप्त सूचनाअनुसार असोज १८ देखि २० गतेसम्म देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षा हुने सम्भावना रहेको हुँदा नेपाल सरकारले असोज १९ र २० गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

गृह मन्त्रालयले शनिबार जारी गरेको सूचनामा हाल देशका विभिन्न भागमा वर्षा भइरहेको र आगामी दुई दिन अझै ठूलो मात्रामा वर्षा हुन सक्ने पूर्वानुमान भएकाले विपद् जोखिम न्यूनीकरणका दृष्टिले सावधानी अपनाउन अनुरोध गरिएको छ ।

वर्षाका कारण वाढी, डुवान, भू–क्षयलगायतका जोखिम बढ्न सक्ने, साथै सडक र हवाई यातायात प्रभावित हुने सम्भावना रहेको सूचनामा उल्लेख छ । 

सम्भावित मानवीय क्षतिलाई ध्यानमा राख्दै विपद् व्यवस्थापन र अत्यावश्यक सेवासँग सम्बन्धित कार्यालयहरूबाहेक देशभर सार्वजनिक बिदा दिइएको मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook