अर्याल, खनाल र घिसिङको शपथ कार्यक्रम साढे ११ बजे शीतल निवासमा

Byपहिलो सुचना

२०८२ भाद्र ३०, सोमबार ११:१० २०८२ भाद्र ३०, सोमबार ११:१० २०८२ भाद्र ३०, सोमबार ११:१०

भदौ 30, काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो मन्त्रिमण्डलमा ल्याउन लागेकी तीन जनाको शपथ आज बिहान साढे ११ बजे हुने भएको छ ।

कार्कीले मन्त्री नियुक्त गर्न लागेका पूर्वअर्थसचिव रामेश्वर खनाल, नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी अधिकृत कुलमान घिसिङ र अधिवक्ता ओमप्रकाश अर्यालको साढे ११ बजे राष्ट्रपति रामचन्द्र पौडेलद्वारा शपथ कार्यक्रम हुन लागेको हो ।

जेन–जी आन्दोलनका क्रममा शीतल निवासमा क्षति पुगेका कारण शपथ कार्यक्रम टेन्टमुनि हुनेछ ।

अर्याललाई गृह, खनाललाई अर्थ र घिसिङलाई ऊर्जा मन्त्रालयको जिम्मेवारी दिने तयारी रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook