नयाँ बसपार्कबाट सवारीसाधन सञ्चालन हुन थाले

Byपहिलो सुचना

२०८२ भाद्र २७, शुक्रबार १६:२७ २०८२ भाद्र २७, शुक्रबार १६:२७ २०८२ भाद्र २७, शुक्रबार १६:२७

भदौ २७, काठमाडौँ । गोंगबुस्थित नयाँ बसपार्कबाट यात्रुबाहक बस सञ्चालन हुन थालेका छन् ।

यही भदौ २३ र २४ गते ‘जेनजी’ आन्दोलनका कारण सरकारले निषेधाज्ञा र कर्फ्यू लगाएपछि बन्द रहेका सार्वजनिक सवारीसाधन आजदेखि क्रमशः सञ्चालनमा आउन थालेका हुन् ।

लोत्से बहुउद्देश्यीय प्रालिका मानवसंशाधन प्रमुख पङ्कज मल्लले आज बिहान ७ बजेदेखि १० बजेसम्म दर्जनौँ सवारीसाधन उपत्यकाबाट बाहिरिएको जानकारी दिए ।

यातायात व्यवसायीहरूको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले यसअघि विज्ञप्ति जारी गरी विषम परिस्थितिमा सवारीसाधन नचलाउन मातहतका संघसंस्थालाई निर्देशन गरेको थियो ।

हाल सवारीसाधन आफूखुसी बाहिरिएका हुन् ।

महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले आगामी दिनमा संस्थागत रूपमा कसरी सवारीसाधन सञ्चालन गर्ने भन्नेबारे सुरक्षा निकाय र मन्त्रालयसँग समन्वय भइरहेको जानकारी दिए । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook