रौतहटमा शनिबार बिहानसम्म निषेधाज्ञा र कर्फ्यु

Byपहिलो सुचना

२०८२ भाद्र २७, शुक्रबार ०९:०३ २०८२ भाद्र २७, शुक्रबार ०९:०३ २०८२ भाद्र २७, शुक्रबार ०९:०३

भदौ २७, चन्द्रपुर (रौतहट) । जिल्ला प्रशासन कार्यालय रौतहटले शनिबार बिहानसम्मका लागि निषेधाज्ञा र कर्फ्यु आदेश जारी गरेको छ । आज बिहान प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काले सूचना जारी गर्दै बिहान ६:०० बजेदेखि साँझ ७:०० बजेसम्म निषेधाज्ञा जारी गरेको जानकारी दिए ।

उनका अनुसार साँझ ७ बजेदेखि भोलि बिहान ६ बजेसम्म कर्फ्यु आदेश जारी गरिएको छ । अत्यावश्यक आवतजावतका लागि आज साँझ ५:०० बजेदेखि ७:०० बजेसम्मको समय तोकिएको छ ।

निषेधाज्ञा वा कर्फ्युको समयमा भेला, जुलुस, सभा, बैठक, प्रदर्शन, पोस्टर–पर्चाजस्ता सामग्री टाँस्न वा लेख्न एवं शान्ति र व्यवस्थामा असर पर्ने कुनै पनि कार्य गर्न र पाँच जनाभन्दा बढी भेला हुन पाइने छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook