झुलाघाट नाकामा एसएसबीले लगायो आवातजावतमा रोक

Byपहिलो सुचना

२०८२ भाद्र २५, बुधबार १८:४९ २०८२ भाद्र २५, बुधबार १८:४९ २०८२ भाद्र २५, बुधबार १८:४९

भदौ २५, काठमाडौँ । भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाकामा आवतजावतमा रोक लगाइएको छ।

‘जेन– जी’ आन्दोलनले नेपालमा अशान्ति बढेसँगै भारत प्रवेश गर्न भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले नाकामा रोक लगाएको हो ।

एसएसबीले भारत प्रवेशमा रोक लगाएको प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले पुष्टि गरे ।

‘भारतीय सुरक्षाकर्मीले नाकामा रोक लगाएको छ । नेपालको अशान्त परिस्थिती देखेर होला भारत प्रवेश गर्न दिइएको छैन,’ उनले भने ।

भारतीय सुरक्षाकर्मीले प्रवेशमा रोक लगाएपछि झुलाघाटमा नेपालतर्फको प्रवेशद्वार पनि बन्द गरिएको छ ।

‘भारत प्रवेशमा रोक लागेपछि हामीले पनि नेपालतर्फको गेट बन्द गरेर नाका सिल गरेका छौं,’ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook