सेनाले राति १० बजेबाट सुरक्षाको नेतृत्व लिने

Byपहिलो सुचना

२०८२ भाद्र २४, मंगलवार २१:४२ २०८२ भाद्र २४, मंगलवार २१:४२ २०८२ भाद्र २४, मंगलवार २१:४२

भदौ २४, काठमाडौं । नेपाली सेनाले नेपालीको सुरक्षाको लागि स्थिति नियन्त्रण गर्न आज मंगलबार रातीको १० बजेबाट दृढ रहने प्रतिबद्धता व्यक्त गरेको छ । साथै सेनाले सम्पूर्ण राष्ट्रबासीलाई सहयोगको लागि हार्दिक अपिलसमेत गरेको छ । 

सेनाले ‘नेपाली सेनालगायत अन्य सुरक्षा निकायहरु तैनाथ हुने सम्बन्धमा’ शीर्षकमा जारी गरेको अपिलमा सो कुरा उल्लेख छ । 

विज्ञप्ति (नेपाली सेना लगायत अन्य सुरक्षा निकायहरु तैनाथ हुने सम्बन्धमा):

१. हालको विषम परिस्थितिको अनुचित फाइदा उठाई केही समूहहरुले सर्वसाधारण नागरिक तथा सार्वजनिक सम्पत्ति समेतमा अत्यधिक क्षति पुऱ्याउने, लुटपाट एवम् आगजनी गर्ने कार्य भइरहेको हुँदा यस किसिमका गतिविधिहरु नगर्नरनगराउन नेपाली सेना पुनः आग्रह गर्दछ ।

२. यस किसिमका गतिविधिहरु नरोकिएको खण्डमा नेपाली सेना लगायत सम्पूर्ण सुरक्षा निकायहरु आफ्नो प्रमुख जिम्मेवारी नेपाल र नेपालीको सुरक्षाको लागि स्थिति नियन्त्रण गर्न मिति २०८२ भाद्र २४ गते रातीको १० बजेबाट दृढ रहने प्रतिबद्धता जानकारी गराउँदछौं । सम्पूर्ण राष्ट्रबासीलाई सहयोगको लागि हार्दिक अपिल समेत गर्दछौं ।

३. तत्पश्चात, सुरक्षा स्थितिको पुनर्मूल्याङ्कन गरी थप सूचना जारी गरिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook