भदौ २३, काठमाडौँ । काठमाडौँको नयाँ बानेश्वर क्षेत्रमा कर्फ्यू आदेश जारी भएको छ । जिल्ला प्रशासन कार्यालयले बानेश्वर क्षेत्रमा कर्फ्यू जारी गरेको हो ।
भ्रष्ट्राचार र सामाजिक सञ्जाल प्रतिबन्धको विरोधमा आन्दोलनमा उत्रिएका जेन-जी पुस्ताको प्रदर्शनका क्रममा अवस्था तनावग्रस्त बनेपछि कर्फ्यू जारी गरिएको हो ।
आदेशका अनुसार माइतीघर, बानेश्वर, तीनकुने र शंखमुल आसपासमा राति १० बजेसम्मका लागि कर्फ्यू जारी गरिएको छ ।
