नेपाल-चीन संयुक्त सैन्य अभ्यास आजदेखि सुरु हुँदै

Byपहिलो सुचना

२०८२ भाद्र २२, आईतवार ०९:१७ २०८२ भाद्र २२, आईतवार ०९:१७ २०८२ भाद्र २२, आईतवार ०९:१७

भदौ २२, काठमाडौं । नेपाल र चीनबीच आज संयुक्त सैन्य अभ्यास सुरु हुँदैछ । नेपाली र चिनियाँ सेना बीचको संयुक्त सैन्य अभ्यासको यो पाँचौं संस्करण हो ।

यसलाई ‘सगरमाथा मित्रता अभ्यास’ नाम दिइएको छ । अभ्यास १० दिनसम्म काठमाडौंमा हुने छ । नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतले यसपटकको सैन्य अभ्यासको क्रममा विपद व्यवस्थापन, मानवीय सहायता लगायत विषयमा ज्ञानको आदानप्रदान हुने जानकारी दिए । नेपालमा चीनसँगको संयुक्त सैन्य अभ्यास आयोजना गरिएको यो तेस्रोपटक हो । नेपालमा २०७४ साल वैशाखमा पहिलोपटक चीनसँगको संयुक्त सैन्य अभ्यास आयोजना भएको थियो ।

२०७५ सालमा चीनको छेन्दुमा र २०७६ सालमा नेपालमा भएको थियो । त्यसपछि बीचमा कोभिड महामारीका कारण सैन्य अभ्यास आयोजना हुन सकेको थिएन । नेपाली सेनाले भारत, अमेरिका लगायतका देशहरुसँग पनि संयुक्त सैन्य अभ्यास गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook