ज्ञानकाजी तामाङ साउन २६, काठमाडौं। अमेरिकाको क्यालिफोर्निया राज्यमा बसोबास गर्ने आदिवासी जनजाति समुदायले विश्व आदिवासी दिवस मनाएको छ । नेपाल आदिवासी जनजाति महासघं क्यालिफोर्निया, अमेरिकाको मुख्य आयोजना र सो क्षेत्रमा रहेको आदिवासी सस्थाहरु, तामाङ को अपरेसन सोसाईटी अफ क्यालिफोर्निया, क्यालिफोनिया शेर्पा एसोसियसन, नर्देन क्यालिफोर्निया तमु समाज, किराँत याक्थुम चुमलुङ क्यालिफोनिया, युनाईटेड किराँत राई अर्गनाईजेसन अफ क्यालिफोर्निया, नेवा अर्गनाईजेसन अफ नर्थदेन क्यालिफोर्निया, मगर सोसाईटि अफ नर्थदेन क्यालिफोर्निया लगायत बे यरिमा रहेका विभिन्न संघसस्थाहरुको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रम क्यालिफोर्नियाको रिचमण्डमा रहेको नेपाली सामुदायिक केन्द्रमा आयोजना गरिएको थियो ।
आदिवासी समुदायको पहिचान, अधिकार र संस्कृति संरक्षणको सन्देश फैलाउने उदेश्यले संयुतm राष्ट्रसंघ द्धार सन १९९४ अगष्ट ९ देखि घोषित रुपमा विश्व आदिवासी दिवस मनाउदै आईरहेकोमा नेपालमा र नेपाल सँग सम्बन्ध भएका विश्वभरिका आदिवासी सघंसस्थाहरुले पनि यो दिनलाई धुमधामको साथ मनाउने गरिन्छ ।
कार्यक्रममा सबै आदिवासी समुदायको संघसस्थाहरुले आफ्नो साँस्कृतिक झाकी प्रस्तुत गरेका थिए ।
तस्विरमा विश्व आदिवासी दिवसको झलकहरु











