पहिरोमा पुरिएका दम्पतीको शव निकालियो

Byपहिलो सुचना

२०८२ श्रावण ४, आईतवार १३:३३ २०८२ श्रावण ४, आईतवार १३:३३ २०८२ श्रावण ४, आईतवार १३:३३

साउन ४, पर्वत । पर्वतको मोदी गाउँपालिका–३ देउरालीको लाङ्दी पहिरोमा पुरिएका दम्पतीको शव भेटिएको छ ।

छविलाल विश्वकर्मा र उनकी ७६ वर्षीया श्रीमती विष्णुमतिको शव भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । गएरातिको पहिरोमा उनीहरु पुरिएको प्रहरी नायब उपरीक्षक रविन विष्टले जानकारी दिए ।

डिमुवा र कुश्माबाट गएको प्रहरी र स्थानीयवासीको सक्रियतामा पहिरो पन्छाएर बेपत्ताको खोजी गरिएको थियो ।

गएराति देखि पर्वतलगायत आसपासका क्षेत्रमा निरन्तर वर्षा भइरहेको छ । यस क्षेत्रका मोदी, पाती, सेती, मल्याङ्दी, लमाए खोला र कालीगण्डकी जलसतह बढेको छ । स्थानीय प्रशासनले नदी तथा खोला किनारका बासिन्दालाई सचेत रहन आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook