ब्राउन सुगरसहित दुई जना पक्राउ

Byपहिलो सुचना

२०८२ असार १३, शुक्रबार १७:३७ २०८२ असार १३, शुक्रबार १७:३७ २०८२ असार १३, शुक्रबार १७:३७

असार १३, काठमाडौं । सशस्त्र प्रहरी बलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको द्वार नजिकै रहेको होटलबाट आज ४७ ग्राम ९ मिलिग्राम ब्राउनसुगरसहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।

सशस्त्र प्रहरी बलको इन्टेलिजेन्स ब्युरोको विशेष सूचनाको आधारमा सिरहाको सिरहा नगरपालिका–८ का ४० वर्षीय मोहम्मद अख्तर मिया र धनुषाको कमला नगरपालिका–८ बस्ने ४२ वर्षीय सामन यादवलाई नियन्त्रणमा लिइएको शसस्त्र प्रहरी प्रवक्ता कालिदास धौबजीले जानकारी दिए ।

दर्शन नमस्ते इन होटलबाट किनबेच गर्ने तयारी गरिरहेको उनीहरुलाई नियन्त्रणमा लिएको हो । उनीहरुले विगत लामो समयदेखि धनुषाको विभिन्न ठाउँहरुबाट लागूऔषध ल्याई काठमाडौमा बेचविखन गर्दै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook