कैलालीमा सुत्केरी मृत फेला

Byपहिलो सुचना

२०८२ असार ६, शुक्रबार ११:४६ २०८२ असार ६, शुक्रबार ११:४६ २०८२ असार ६, शुक्रबार ११:४६

असार ६, गोदावरी (कैलाली) । गौरीगंगा नगरपालिका–७ स्थित कैलाशपुरमा एक सुत्केरी मृत फेला परेकी छिन् । १९ वर्षीया तुलसी नाथ घर नजिकै मृत फेला परेकी हुन् । 

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार सिंहले घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिए । घटनास्थल पुगेका इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायब उपरीक्षक रणबहादुर चन्दले मृत भेटिएकी नाथ सुत्केरी भएको खुुलेको बताए ।

नाथ घरको मूलद्वार अगाडिको नालामा मृत भेटिएकी हुन् । उनको १६ दिनको नवजात शिशु (छोरा) भने जीवितै रहेको प्रहरी नायब उपरीक्षक चन्दले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook