गभर्नर सिफारिस समितिको बैठक सुरु

Byपहिलो सुचना

२०८२ जेष्ठ ६, मंगलवार १७:३१ २०८२ जेष्ठ ६, मंगलवार १७:३१ २०८२ जेष्ठ ६, मंगलवार १७:३१

जेठ ६, काठमाडौँ । नेपाल राष्ट्र बैँकको गभर्नर सिफारिस समितिको बैठक अर्थ मन्त्रालयमा केही बेरअघि सुरु भएको छ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल संयोजक रहेका समितिमा अर्थविद् पोषराज पाण्डे र राष्ट्र बैँकका निवर्तमान गभर्नर महाप्रसाद अधिकारी सदस्य छन् ।

अर्थमन्त्री पौडलको सचिवालयले दिएको जानकारीअनुसार गभर्नर सिफारिस समितिको बैठक अहिले अर्थ मन्त्रालयमा जारी छ । राष्ट्र बैँकको गभर्नर पद गत चैत २५ गतेदेखि रिक्त छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook