सगरमाथा संवादकालागि चिनियाँ नेता सियाओ जी काठमाडौँमा

Byपहिलो सुचना

२०८२ जेष्ठ १, बिहीबार १०:०८ २०८२ जेष्ठ १, बिहीबार १०:०८ २०८२ जेष्ठ १, बिहीबार १०:०८

जेठ १, काठमाडौँ । चीनको राष्ट्रिय जन कांग्रेसको स्थायी समितिका उपाध्यक्ष सियाओ जी नेपाल भ्रमणमा काठमाडौँ आइपुगेका छन् । 

उनी सगरमाथा संवादमा सहभागी हुन चिनियाँ प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल आएका हुन्। उपाध्यक्ष सियाओलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले स्वागत गरे।सगरमाथा संवाद भोलि जेठ २ देखि ४ गतेसम्म यहाँ हुँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook