लुम्बिनी प्रदेशसभाको छैटौं अधिवेशन आजदेखि

Byपहिलो सुचना

२०८२ बैशाख ३१, बुधबार १०:०० २०८२ बैशाख ३१, बुधबार १०:०० २०८२ बैशाख ३१, बुधबार १०:००

वैशाख ३१, लुम्बिनी । लुम्बिनी प्रदेशसभाको छैटौं अधिवेशन आजदेखि सुरु हुँदै छ।

प्रदेश सरकार मन्त्रिपरिषद्को यही वैशाख २५ गतेको बैठकले वैशाख ३१ गते अधिवेशन आह्वान गर्न प्रदेश प्रमुख कृष्णबहादुर घर्तीसमक्ष सिफारिस गर्ने गरेको थियो।

संविधानको धारा १८३ को उपधारा १ बमोजिम प्रदेश प्रमुख घर्तीले बैठक आह्वान गरेका हुन्।

आजको बैठकमा प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्रबारे जानकारी दिने, प्रदेशसभा सदस्यहरूले समसामयिक विषयमा सदन र सरकारको ध्यानाकर्षण गराउने कार्यसूची रहेको प्रदेशसभाका सचिव दुर्लभकुमार पुनले जानकारी दिए।  

आगामी जेठको पहिलो साता प्रदेश सरकारले नीति तथा कार्यक्रम संसद्मा प्रस्तुत गर्ने तयारी गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook