वैशाख २२ देखि नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा ६ दिन छलफल हुने

Byपहिलो सुचना

२०८२ बैशाख १९, शुक्रबार १७:५२ २०८२ बैशाख १९, शुक्रबार १७:५२ २०८२ बैशाख १९, शुक्रबार १७:५२

वैशाख १९, काठमाडौँ । सङ्घीय संसद्मा प्रस्तुत नेपाल सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को वार्षिक नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा ६ दिन छलफल हुने भएको छ ।

प्रतिनिधिसभाको दोस्रो बैठकमा सभामुख देवराज घिमिरेले वार्षिक नीति तथा कार्यक्रममाथि छलफल र प्रधानमन्त्रीबाट जवाफका लागि वैशाख २२, २३, २४, २५, २६ र २८ गतेका दिन तोकेको जानकारी गराए । उनले नीति तथा कार्यक्रममाथिको छलफल दलीय प्रतिनिधित्वका आधारमा गर्न सांसदको नाम बैठक प्रारम्भ हुनुभन्दा एक घण्टाअगावै कार्यव्यवस्था शाखामा उपलब्ध गराउन सम्बन्धित दलका पदाधिकारीलाई आग्रह गरे ।

सभामुख घिमिरेले नीति कार्यक्रममाथि संशोधन राख्न चाहने सांसदले सोको सूचना वैशाख २० र २१ गते बिहान ११ देखि अपराह्न ३ बजेभित्र कार्यव्यवस्था शाखामा दिन सक्ने जानकारी गराए । प्रतिनिधिसभाको अर्को बैठक २२ गते बिहान ११ बजे बस्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Facebook